गोरखाको सहिद लखन गाउँपालिकामा विद्यार्थी संख्या निरन्तर घट्दै गएपछि १० वटा सामुदायिक विद्यालय समायोजन गरिएका छन्। न्यून विद्यार्थी भएका विद्यालय सञ्चालन गर्न कठिन बन्दै गएपछि गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार र स्रोत–साधनको प्रभावकारी उपयोग गर्ने उद्देश्यले विद्यालय समायोजनको निर्णय गरेको हो।
गाउँपालिकाका अनुसार कतिपय विद्यालयमा विद्यार्थी संख्या अत्यन्त कम भएकाले शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधारको उपयोग तथा शैक्षिक गतिविधि सञ्चालनमा समस्या देखिएको थियो। समायोजनपछि विद्यार्थीलाई नजिकका अन्य विद्यालयमा स्थानान्तरण गरिएको छ।
स्थानीय तहले विद्यालय समायोजनसँगै यातायात, शिक्षक व्यवस्थापन र विद्यार्थीको सिकाइमा असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। विद्यार्थी संख्या घट्नु, बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू चुनौतीमा परिरहेका