रास्वपाको पहिलो महाधिवेशनमा ३,८४९ प्रतिनिधि सहभागी हुने
1.6k
Shares
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या टुंगो लागेको छ ।
महाधिवेशनमा कुल ३ हजार ८ सय ४९ प्रतिनिधि सहभागी हुने भएका छन् । प्रतिनिधि संख्या टुंगो नलाग्दा सोमबार बन्दसत्र सुरु हुन सकेको थिएन । निर्वाचन समितिका अनुसार संख्या निश्चित भएपछि महाधिवेशनको प्रक्रिया अघि बढाइएको हो ।
चितवनमा जारी महाधिवेशनमा प्रदेशगत रूपमा प्रतिनिधि वितरणसमेत सार्वजनिक गरिएको छ । जसअनुसार कोशी प्रदेशबाट ५५१, बागमतीबाट ५०८, गण्डकीबाट ३५६, लुम्बिनीबाट ५२२, मधेशबाट ५४०, कर्णालीबाट ३१३ र सुदूरपश्चिमबाट ४०० जना प्रतिनिधि सहभागी हुनेछन् ।
पार्टीको आन्तरिक संरचना, नेतृत्व चयन तथा नीतिगत विषयमा छलफल गर्न महाधिवेशनलाई निर्णायक मानिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ले पहिलो पटक महाधिवेशनमार्फत संगठनात्मक संरचना औपचारिक रूपमा सुदृढ गर्ने तयारी गरेको हो ।