बागमती प्रदेश सरकारद्वारा सहकारी व्यवस्थापन र सुरक्षा कार्यक्रमलाई प्राथमिकता

2.4k Shares

हेटौंडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत यससम्बन्धी विशेष कार्यक्रम अघि सारिएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ का अनुसार सहकारी संस्थाहरूको अनुगमन, सुपरीवेक्षण र वित्तीय अनुशासन सुदृढ गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी, सार्वजनिक स्थानहरूमा सीसीटीभी क्यामेरा जडान गरी डिजिटल क्राइम ट्र्याकिङ प्रणाली विकास गर्ने योजना बजेटमा समावेश गरिएको छ । लागुऔषध दुरुपयोग, मानव बेचबिखन तथा साइबर अपराध नियन्त्रणका लागि सुरक्षा सचेतना अभियान सञ्चालन गरिने पनि उल्लेख छ ।

विपद् व्यवस्थापनतर्फ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण, विपद् स्वयंसेवक परिचालन तथा विपद् बीमा कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ ।

यातायात व्यवस्थापन सुधारका लागि सवारी चाप बढी हुने स्थानहरूमा ट्राफिक लाइट जडान गरिने र प्रदेशका मुख्य नाकाहरूमा स्मार्ट चेकपोस्ट स्थापना गरिने बजेटमा समावेश गरिएको मन्त्री तामाङले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार