ओमानको तेल टर्मिनलमा विस्फोटपछि लोडिङ कार्य रोकियो
1.9k
Shares
काठमाडौँ । ओमानस्थित प्रमुख तेल निर्यात टर्मिनलमा विस्फोट भएपछि क्रुड तेल लोडिङ कार्य तत्कालका लागि रोकिएको छ । घटना मिना अल फहाल टर्मिनल नजिक रहेको सिंगल–ब्वोय मुरिङ क्षेत्र वरपर भएको बताइएको छ ।
प्रारम्भिक विवरण अनुसार, विस्फोटपछि सुरक्षालाई ध्यानमा राख्दै टर्मिनलमा सञ्चालन भइरहेका लोडिङ गतिविधिहरू पूर्ण रूपमा स्थगित गरिएको छ। घटनाको कारण र क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, विस्फोटपछि आपतकालीन सुरक्षा प्रक्रिया अपनाउँदै तेल लोडिङ रोकिनु परेको हो । यसले ओमानको प्रमुख निर्यात केन्द्रमार्फत हुने तेल आपूर्तिमा अस्थायी असर पार्ने देखिएको छ ।
ओमानको यो टर्मिनल खाडी क्षेत्रकै महत्वपूर्ण ऊर्जा पूर्वाधारमध्ये एक मानिन्छ, जहाँबाट ठूलो परिमाणमा कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदै आएको छ ।
हालसम्म कुनै मानवीय क्षति भएको विवरण सार्वजनिक गरिएको छैन भने घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । घटनापछि क्षेत्रीय ऊर्जा आपूर्ति शृंखलामा समेत प्रभाव पर्ने आशंका गरिएको छ।