6.2k
Shares
काठमाण्डौं । १३ वर्षीया पाैडी खेलाडी रचित बुढाथोकीले काठमाण्डौं महानगरपालिकाद्वारा आयोजित वडास्तरिय पौडी प्रतियोगितामा ७ सिल्भर र ३ कास्य पदक हात पारेका छन्।
धापाखेलस्थित जेम्स स्कुलमा कक्षा ८ मा पढ्दै गरेका रचितले काठमाडाैं महानगरपालिका वडा नम्बर ७ को प्रतिनिधित्व गर्दै प्रतियोगितामा आफ्नो वडालाई दोश्रो स्थान दिलाए।
बालाजुको बाइसधारामा आयोजित वडास्तरिय पौडी प्रतियोगितामा १६१ अंकसहित वडा नम्बर २९ विजेता बनेको थियो । यस्तै, वडा नम्बर ७ ले १२१ अंकसहित दोश्रो स्थान हासिल गर्यो।
काठमाडाैं महानगरपालिकाले खेल प्रवर्द्धन गर्न भन्दै यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ।



