रुकुम–जाजरकोट–डोल्पा समन्वय बैठक-अन्तरजिल्ला सहकार्य सुदृढ गर्ने सहमति

1.5k Shares

काठमाडौं । रुकुम पश्चिममा सुरक्षा, विकास तथा विपद् व्यवस्थापनका विषयमा तीन जिल्लाबीच अन्तरजिल्ला समन्वय बैठक बसेको छ ।

रुकुम पश्चिम, जाजरकोट र डोल्पा जिल्लाबीच भएको बैठकले तीनै जिल्लाबीच सुरक्षा व्यवस्था, विकास निर्माण, नागरिक सेवा र विपद् व्यवस्थापनमा निरन्तर सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकमा विशेषगरी भेरी करिडोर अन्तर्गत रुकुम पश्चिमको दामाचौर र मुलातार क्षेत्रमा वर्षायाममा पानीको बहाव बढ्दा स्थानीय बासिन्दाले भोग्दै आएको समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्ने विषयमा विस्तृत छलफल भएको थियो ।

त्यस्तै, भेरी करिडोर कार्यालयलाई जाजरकोटबाट डोल्पाको दुनैमा स्थानान्तरण गर्ने विषयमा पनि आवश्यक पहल गर्ने सहमति भएको छ ।

तीन जिल्लाबीच सडक पूर्वाधार, सुरक्षा व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, यातायात सञ्चालन तथा नागरिक सेवासम्बन्धी विषयमा नियमित समन्वय गर्दै जाने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रमा देखिएका चुनौती समाधान गर्न संयुक्त प्रयास आवश्यक रहेको बताएका थिए ।

यस किसिमका अन्तरजिल्ला समन्वय बैठकले स्थानीय तहमा सेवा प्रवाह सुधार गर्न तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 
 
सम्बन्धित समाचार