खेलकुदभन्दा राजनीति: इरानको विश्वकप यात्रा अन्योलमा

5.8k Shares

काठमाडौँ । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने फिफा विश्वकप नजिकिँदै गर्दा इरान राष्ट्रिय फुटबल टोलीको सहभागिता अन्योलमा परेको छ । टोलीले हालसम्म अमेरिका प्रवेशका लागि आवश्यक भिसा नपाएको खुलासा भएको छ ।

मेक्सिकोस्थित इरानी राजदूत अबोलफजल पसान्दिदेहका अनुसार इरानी टोलीको प्रारम्भिक प्रशिक्षण शिविर अमेरिकाको एरिजोनास्थित टक्सनमा राख्ने योजना भए पनि भिसा समस्या देखिएपछि अहिले मेक्सिकोमै सारिएको छ । उनले अमेरिका सरकारले खेलाडीलाई भिसा दिने–नदिने विषय अझै स्पष्ट नभएको बताएका छन् ।

तालिकाअनुसार इरानले लस एन्जलस, बेल्जियम र सियाटलमा खेल्ने कार्यक्रम रहेको छ । तर भिसा प्रक्रिया टुंगो नलाग्दा टोलीको यात्रा अनिश्चित बनेको छ ।

यसअघि सुरक्षा कारण देखाउँदै इरानले आफ्ना खेलहरू अमेरिका बाहिर सार्न फिफासँग आग्रह गरेको थियो, तर फिफाले उक्त प्रस्ताव अस्वीकार गर्दै तय तालिकाअनुसार नै खेल हुने स्पष्ट पारेको थियो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानको सहभागितामाथि कुनै शंका नरहेको भन्दै खेलकुद राजनीतिभन्दा बाहिर हुनुपर्ने बताएका छन् ।

अमेरिकी–इरानी तनावका कारण भिसा र सुरक्षा मुद्दा उठेपछि इटालीलाई प्रतिस्थापन गर्न सकिने चर्चा पनि चलेको थियो, तर फिफाले छनोट पार गरेका टोली हटाउने नियम नभएको स्पष्ट पारेको छ।

इरानले भने आफू विश्वकप खेल्न तयार रहेको जनाएको छ।

सम्बन्धित समाचार