इजरायलको लेबनानमा आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

1.7k Shares

एजेन्सी । लेबनान मा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। स्थानीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार इजरायली सेनाले दक्षिण र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा करिब १२० भन्दा बढी हवाई आक्रमण गरेको हो ।

आक्रमणमा सर्वसाधारण बसोबास गर्ने बस्ती, सवारीसाधन तथा संरचनाहरूलाई लक्ष्य बनाइएको बताइएको छ। यो आक्रमण पछिल्ला हप्ताहरूमा भएको सबैभन्दा ठूलो सैन्य कारबाहीमध्ये एक भएको जनाइएको छ। रिपोर्टअनुसार केही क्षेत्रमा बालबालिका र महिलासहित नागरिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

इजरायलले भने आफ्ना कारबाहीहरू हिज्बुल्लाह का लक्ष्यहरूमा केन्द्रित भएको दाबी गर्दै आएको छ। तर लेबनानी पक्षले भने आक्रमणले नागरिक क्षेत्रमा ठूलो क्षति पुर्‍याएको आरोप लगाएको छ।

यस घटनाले दुवै पक्षबीच जारी तनाव अझ चर्किएको छ र पहिले नै कमजोर रहेको युद्धविराम थप जोखिममा परेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।

सम्बन्धित समाचार