भारतको दक्षिणी क्षेत्रमा यस वर्षको गर्मी मौसममा देखिएको तीव्र ताप लहर (लु) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ। देशका विभिन्न भागमा फैलिएको अत्यधिक गर्मीपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ।
तेलङ्गाना राज्यमा सबैभन्दा बढी मृत्यु दर्ता भएको बताइएको छ। राज्य सरकारले जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यधिक गर्मीका कारण पानीको कमी डिहाइड्रेसन र गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विशेषज्ञहरूले चेतावनी दिएका छन्।
भारतीय मौसम विभागले आगामी दिनहरूमा पनि तापक्रम सामान्यभन्दा बढी रहने र लु जारी रहने अनुमान गरेको छ। राजधानी नयाँदिल्लीलगायत क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि विद्युत् मागसमेत रेकर्ड स्तरमा पुगेको छ।
विशेषज्ञहरूले राति समेत तापक्रम उच्च रहँदा स्वास्थ्य जोखिम थप बढ्ने बताएका छन्।