चोटमुक्त भए मोड्रिचले पाँचौं विश्वकप खेल्ने

4.2k Shares

क्रोएसिया । चर्चित फुटबलर लुका मोड्रिच आगामी विश्वकपका लागि क्रोएसिया राष्ट्रिय फुटबल टोली मा समावेश भएका छन् । यदि उनी समयमै चोटमुक्त भए पाँचौं पटक विश्वकप खेल्ने पक्का हुने भएको छ ।

प्रशिक्षक ज्लाट्को डालिच ले मोड्रिचसहित २६ सदस्यीय टोली घोषणा गरेका छन् । टोलीमा विगतका तीन विश्वकपमा गोल गरेका इभान पेरिसिच पनि अटाएका छन् ।

गत महिना खुट्टाको हड्डी भाँचिएपछि मोड्रिचको फिटनेसबारे चिन्ता बढेको थियो । तर क्रोएसियाली टोलीले उनलाई विश्वकपअघि पूर्ण रूपमा फिट हुने अपेक्षा गरेको छ । क्रोएसियाले जुन १७ मा इङ्ल्यान्डविरुद्ध पहिलो खेल खेल्नेछ । समूह ‘एल’ मा उसले पानामा र घानासँग पनि प्रतिस्पर्धा गर्नेछ ।

४० वर्षीय मोड्रिचले सन् २०१८ मा बालोन डी’ओर जितेका थिए । सन् २००६ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले हालसम्म १९६ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्, जुन क्रोएसियाली खेलाडीमध्ये सबैभन्दा धेरै हो ।

यदि क्रोएसिया समूह चरणबाट अघि बढ्न सफल भयो भने मोड्रिचले विश्वकपमै २०० अन्तर्राष्ट्रिय खेलको कीर्तिमान पूरा गर्न सक्नेछन् । टोलीमा गोलरक्षक डोमिनिक लिभाकोभिच, डिफेन्डर जोस्को गभर्डियोल, मिडफिल्डर माटेओ कोभासिच, मारियो पासालिच र फरवार्ड आन्द्रेज क्रामारिचजस्ता अनुभवी खेलाडी पनि रहेका छन् ।

क्रोएसियाले सन् २०१८ को विश्वकपमा उपविजेता बनेको थियो भने सन् २०२२ मा तेस्रो स्थान हासिल गरेको थियो ।

सम्बन्धित समाचार