अमेरिका–चीन सम्बन्धमा नयाँ संकेत, सीले भने– प्रतिद्वन्द्वी होइन साझेदार बनौँ

2k Shares

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका प्रतिस्पर्धीभन्दा साझेदारका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्प सँगको उच्चस्तरीय द्विपक्षीय वार्ताअघि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ बाहिर दुवै नेताले रेड कार्पेटमा हात मिलाउँदै औपचारिक भेटवार्ताको सुरुआत गरेका थिए । आज साँझ विशेष राजकीय भोजमा समेत उनीहरू सहभागी हुने कार्यक्रम रहेको छ ।

दुई महाशक्ति राष्ट्रका नेताबीच हुने वार्तामा भन्सार महसुल, प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, इरान युद्ध तथा ताइवान मुद्दा मुख्य एजेन्डाका रूपमा रहेका छन् । पछिल्ला वर्षहरूमा अमेरिका–चीन सम्बन्ध व्यापार, सुरक्षा र भू–राजनीतिक विषयमा तनावपूर्ण बन्दै गएको छ ।

सम्बन्धित समाचार