रोमाञ्चक खेलमा स्कटल्यान्डसँग २ रनले चुक्यो नेपालको जित

1k Shares

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल डीएलएस मेथडका आधारमा निर्धारित लक्ष्यभन्दा २ रनले पछि परेको हो ।

वर्षाका कारण प्रभावित खेलमा नेपालले ३९ ओभरमा २२१ रनको संशोधित लक्ष्य पाएको थियो । तर, जवाफी ब्याटिङमा नेपालले ७ विकेट गुमाएर २१८ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी ले ५५ रन बनाए भने गुल्सन झा ६१ रनमा अविजित रहे । कप्तान रोहित पौडेल ले ३२ रनको योगदान दिए । स्कटल्यान्डका ब्राडली करी र मार्क वाटले समान ३–३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । स्कटल्यान्डका जर्ज मुन्सेले ७५ रन बनाए भने फिनले म्याकक्रियाथले ३५ तथा मिचेल इङ्लिसले ३४ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने ले ४ विकेट लिए भने करन केसी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट हात पारे । नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालको यो पहिलो खेल हो ।

 

सम्बन्धित समाचार