काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ६ महिनाका लागि निलम्बन गर्न सिफारिस गरेको छ। ट्राफिक प्रहरीले ती चालकले मादक पदार्थ सेवन, तीव्र गति र लापरवाहीपूर्वक सवारी चलाउनेजस्ता गम्भीर नियम उल्लंघन गरेको जनाएको छ।