काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य सामान्य रूपमा बढेको छ भने अन्य केही मुद्राको विनिमयदरमा पनि उतारचढाव देखिएको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी १ डलरको खरिददर १५० रुपैयाँ ३१ पैसा र बिक्रीदर १५० रुपैयाँ ९१ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ ४५ पैसा र बिक्रीदर १७१ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ १ को खरिददर १९९ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर २०० रुपैयाँ ५२ पैसा तोकिएको छ ।
स्विस फ्र्याङ्क १ को खरिददर १८२ रुपैयाँ २६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ९९ पैसा कायम हुँदा अष्ट्रेलियन डलर १ को खरिददर ९७ रुपैयाँ २६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ भने सिंगापुर डलर १ को खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ११ पैसा रहेको छ ।
त्यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले विनिमयदर आवश्यकता अनुसार जुनसुकै बेला परिवर्तन गर्न सकिने जनाएको छ ।