दिल्लीलाई ८ विकेटले हराउँदै कोलकाताको सहज जित

2k Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ । दिल्लीले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १४ ओभर २ बलमै २ विकेट गुमाएर पूरा गरेको हो ।

कोलकाताको जितमा फिन एलेनले विस्फोटक शतकीय पारी खेले । उनले अविजित १ सय रन बनाउँदा क्यामरुन ग्रीनले ३३ तथा अजिन्क्या रहाणेले १३ रनको योगदान दिए । दिल्लीका लागि अक्षर पटेलले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । दिल्लीका पथुम निसान्काले ५० रनको अर्धशतक प्रहार गरे भने आशुतोष शर्माले ३९ रन जोडे । अक्षर पटेलले ११ रन बनाए ।

बलिङतर्फ कोलकाताका कार्तिक त्यागी र अनुकूल रोयले समान २–२ विकेट लिए । क्यामरुन ग्रीनले पनि १ विकेट हात पारे । यस जितसँगै कोलकाता १० खेलबाट ९ अंक जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ । दिल्ली भने ११ खेलबाट ८ अंकसहित आठौँ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार