काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ६ दशमलव ९४ अंकले बढेर २ हजार ७१८ दशमलव ६८ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन बजार घटेको थियो ।
यसदिन ३१४ कम्पनीका ७२ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी पुगेको छ । कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी उपसमूहमा हरियाली देखिएको छ भने बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जलविद्युत् र व्यापार उपसमूहमा गिरावट आएको छ ।
बजार सामान्य रूपमा बढे पनि लगानीकर्ताको सक्रियता भने कमजोर देखिएको छ । पछिल्ला दिनहरूमा कारोबार रकम लगातार घट्दो क्रममा रहेको छ । यसदिन सबैभन्दा बढी कारोबार NRIC को भएको छ । कम्पनीको १८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।
त्यस्तै, केही कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने केही कम्पनीमा गिरावटसमेत देखिएको छ । बजारमा मिश्रित प्रतिक्रिया देखिए पनि समग्र परिसूचक भने हरियो रह्यो ।