डेम्बेले चम्किएपछि पीएसजी उपाधिनजिक, फाइनलमा आर्सनलसँग भेट

1.9k Shares

काठमाडौँ– पेरिस सेन्ट जर्मेन युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेलेपछि पीएसजी समग्रमा ६–५ को नतिजासहित फाइनलमा पुगेको हो ।

पहिलो लेगमा पीएसजीले ५–४ को जित निकालेको थियो । दोस्रो लेगमा पीएसजीका उस्मान डेम्बेले र बायर्नका ह्यारी केनले समान १–१ गोल गरे ।

अब पीएसजीले उपाधिका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनलले सेमिफाइनलमा एट्लेटिको मड्रिडलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । फाइनल खेल हंगेरीको बुडापेस्टमा हुने तय भएको छ ।

 
 
सम्बन्धित समाचार