नेपाल उद्योग वाणिज्य महासंघ मा नयाँ कार्यसमिति चयन

2.4k Shares

काठमाडौं । उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ साधारणसभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ । विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ स्वतः अध्यक्षमा चयन भएका हुन्। उनी चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा कार्यरत थिए। अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्ष रहनेछ ।

उपाध्यक्षमा को–को विजयी ?

जिल्ला तथा नगर उद्योग वाणिज्य समूहतर्फ दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए । उनीहरूले क्रमशः ८७ र ८० मत प्राप्त गरे। उनीहरूका प्रतिस्पर्धी उमेश डालमिया र कल्पना गैरे ले क्रमशः ५७ र ३४ मत पाए । वस्तुगततर्फ एक उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भए, जसले ६३ मत ल्याउँदा शिवप्रसाद घिमिरे ले ६० मत पाए । एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भए । उनले १,०७९ मत ल्याउँदा प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठ ले ७५० मत प्राप्त गरिन् ।

जिल्ला/नगरतर्फ कार्यसमिति सदस्य

जिल्ला तथा नगर उद्योग वाणिज्य संघतर्फ १५ सदस्य निर्वाचित भएका छन्। निर्वाचित हुनेमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन् । महिला सदस्यतर्फ गीता अमात्य र हिरा भट्टराई निर्वाचित भए ।

प्रदेशगत प्रतिनिधित्वतर्फ:

  • कोशी: जीवन पराजुली, रमेश विश्वकर्मा
  • मधेश: अमरनाथ साह, विकासकुमार सारडा
  • बागमती: प्रकाश मानन्धर, सविन श्रेष्ठ
  • गण्डकी: पवित्रकुमार श्रेष्ठ, सुविन श्रेष्ठ
  • लुम्बिनी: यज्ञप्रसाद भट्टराई, बालकृष्ण सुवेदी
  • कर्णाली: पदमबहादुर शाही, पुरीचन्द्र देवकोटा (निर्विरोध)
  • सुदूरपश्चिम: पिताम्बर जोशी

वस्तुगत समूह सदस्य

वस्तुगत समूहतर्फ १३ सदस्य निर्वाचित भएका छन्। जसमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन् । यस समूहमा ४ जनाले समान ५०/५० मत ल्याएर बराबरी गरेका छन् । महिला सदस्यतर्फ सुनिता न्हेम्हाफुकी विजयी भइन्। वस्तुगत महासंघबाट कार्यसमिति सदस्यमा विश्वनाथ खनाल र सुनैना घिमिरे निर्वाचित भए ।

एसोसिएट समूह सदस्य

एसोसिएटतर्फ १७ सदस्य निर्वाचित भएका छन् । जसमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा रहेका छन् । महिला सदस्यतर्फ अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भए । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक सदस्यमा मनोज पौडेल विजयी भएका छन् ।

संस्थापक समूह

संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । यससँगै महासंघको नयाँ नेतृत्वले अब निजी क्षेत्रको हित, लगानी वातावरण सुधार र आर्थिक गतिविधि चलायमान बनाउने दिशामा काम गर्ने अपेक्षा गरिएको छ ।

banijya sangha.jpeg

सम्बन्धित समाचार