काठमाडौं । भारतको केरलामा भएको २०२६ को विधानसभा निर्वाचनमा कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (UDF) ले स्पष्ट बहुमतसहित सरकार बनाउने भएको छ । यो जितसँगै करिब एक दशकदेखि शासन गरिरहेको वामपन्थी गठबन्धन (LDF) सत्ताबाट बाहिरिएको छ ।
१४० सिट रहेको केरलाको विधानसभा चुनावमा UDF ले १०० भन्दा बढी सिट जित्दै ठूलो सफलता हासिल गरेको छ भने LDF को सिट संख्या उल्लेखनीय रूपमा घटेको छ।
यो परिणाम ऐतिहासिक मानिएको छ, किनकि यससँगै भारतमा करिब ५० वर्षपछि पहिलोपटक कुनै पनि राज्यमा वामपन्थी दलको सरकार नरहेको अवस्था बनेको छ ।
विगतमा पश्चिम बंगाल र त्रिपुराजस्ता राज्यहरूमा प्रभावशाली रहेको वामपन्थी राजनीति पछिल्लो समय कमजोर हुँदै आएको थियो, र केरलालाई यसको अन्तिम गढ मानिन्थ्यो । अहिलेको हारले भारतमा वामपन्थी राजनीतिक प्रभावमा ठूलो गिरावट आएको विश्लेषण गरिएको छ ।