पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमानी आसिफ शेखको दोहोरो शतक

1.1k Shares

काठमाडौं । २०८२ को अन्तिम दिन नेपाली क्रिकेटका लागि शानदार रह्‍यो । वर्षको अन्त्य हुँदाहुँदै नेपाली क्रिकेटकै दुर्लभ कीर्तिमान आज बन्यो । मधेश प्रदेशमा भइरहेको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबारका दुवै खेलमा केही कीर्तिमानहरू बन्दा तीमध्ये एउटा थियो- आसिफ शेखको दोहोरो शतक ।

वीरगन्जस्थित नारायणी क्रिकेट रंगशालामा आसिफ शेखले पीएम कप इतिहासकै पहिलो दोहोरो शतक बनाएका हुन् । नेपाली घरेलु क्रिकेटको सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता समेत रहेको पीएम कपमा शतकहरू बन्ने गरेको भएपनि दोहोरो शतक पहिलोपटक बनेको हो ।

विश्व क्रिकेटमै दोहोरो शतक दुर्लभ हुने गर्छ, विशेषगरी ५० ओभरको खेलमा । त्यसमाथि नेपाली क्रिकेटको यो स्तरको प्रतियोगितामा त शतक नै बन्नु पनि ठूलो कुरा मानिन्छ । अझ भनौं मधेश प्रदेशमा देखिएको फरक किसिमको विकेट जहाँ ब्याटरहरू धैर्यता गुमाएर चाँडै आउट हुँदै आएका थिए, टिमले ५० ओभर नै नखेली अलआउट हुने, १०० रन कटाउन पनि मुस्किल हुने अवस्थाका बीच आसिफले संयमित पारी खेल्दै दोहोरो शतक बनाउनु साँच्चै नै अभूतपूर्व हो ।

सम्बन्धित समाचार