इरानसँग भएको वार्ता असफल भएपछि जेडी भान्स स्वदेश फर्किएका छन्

1k Shares

चैत्र २९ काठमाण्डौ । इरानसँग भएको वार्ता असफल भएपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानबाट फर्किएका छन् । उनी इस्लामावादबाट वाशिङ्टनतर्फ प्रस्थान गरेको बीबीसीले जनाएको छ । प्रस्थानअघि उनले हात हल्लाउँदै बिदाइ जनाएका थिए ।

करिब २१ घण्टा चलेको उच्चस्तरीय वार्तामा दुवैपक्षबीच सहमति हुन नसकेपछि अमेरिकी प्रतिनिधिमण्डलले वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको छ । वार्तामा इरानले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताइएको छ ।

यससँगै अमेरिकी टोली अब वाशिङ्टन फर्किएको छ, र वार्ताको भविष्य अनिश्चित बनेको छ ।

सम्बन्धित समाचार