इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सको अपराजित यात्रा कायम

1.9k Shares

चैत्र २८, काठमाण्डौ । पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ । पञ्जाबले शनिबार महाराजा यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सनराइजर्स हैदराबादविरुद्ध ६ विकेटको जित निकाल्यो ।  हैदराबादले प्रस्तुत गरेको २२० रनको लक्ष्य पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाउँदैे पुरा गर्‍यो ।

घरेलु टाेली पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले ३३ बलमा ५–५ चौका र छक्काको मद्दतले अविजित ६९ रनको योगदान गरे । यसैगरी, प्रियान्श आर्याले ५७,  प्रभसिम्रन सिंहले ५१, शशांक सिंहले अविजित १६, नेहाल वधेराले १४ र कुपर कोनलीले ११ रन बनाए । 

हैदराबादका लागि शिवांग कुमारले ३ र हर्ष दुबेले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१९ रनको योगफल तयार पारेको थियो । 

हैदराबादका लागि अभिषेक शर्माले २८ बलमा ८ छक्का र ५ चौकाको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी, हेनरिक क्लासेनले ३९, ट्रभिस हेडले ३८,  कप्तान इशान किशनले २७ र अनिकेत वर्माले १८ रन बनाए । 

पञ्जाबका लागि अर्शदीप सिंह र शशांक सिंहले २–२ तथा जेभियर बर्नेटले १ विकेट लिए । जितसँगै ४ खेलमा ७ अंक जोडेको पञ्जाब दोस्रो स्थानमा छ । पराजित हैदराबाद समान खेलबाट २ अंकका साथ छैटौँ स्थानमा छ ।

सम्बन्धित समाचार