नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य आज वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला १,८०० रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार यसको मूल्य २ लाख ६७ हजार ५ सय रुपैयाँ थियो।
उस्तै, चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रति तोला १६५ रुपैयाँले बढेर ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
बिहीबार चाँदी ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
.png)




