रुकुम पूर्व। रुकुमकोटमा पहिलोपटक आयोजना भएको इन्डोर स्केटिङ प्रतियोगिताको सिनियर पुरुषतर्फ निरज मल्ल विजेता बनेका छन् ।
इन्डोर स्केटिङ प्रतियोगितामा नविन पुन दोश्रो र सुशील श्रेष्ठ तेस्रो भएका छन र सिनियर महिला तर्फ जेनिशा श्रेष्ठ प्रथम, सपना श्रेष्ठ दोश्रो र बर्षा रोका तेश्रो बनेकी छिन् । पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार ५ सय र तेस्रोले ५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
प्रतियोगिताको जुनियर पुरुष तर्फ क्रिश बिक्रम बिजेता, जेनिश श्रेष्ठ दोश्रो र मिकल नेपाली तेश्रो भएका छन र जुनियर महिला तर्फ युनिका बि.के. विजेता, आयुष्मा रोका दोश्रो र सुईसान्मी रोका तेश्रो बनेकी छिन्, विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन |
युवा जमातकाबिच लोकप्रिय खेल स्केटिङको विकाश, प्रवर्द्धन तथा व्यवसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिताहरु आवश्यक रहेको संघका अध्यक्ष अचुत खनालले जानकारी दिए ।