काठमाडौं । फ्रेन्च क्लब पीएसजी फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले हराउँदै पीएसजी अन्तिम चारमा पुगेको हो ।
पीएसजीको जितमा युवा खेलाडी डिजायर डो र ओस्मान डेम्बेलेले गोल गरे। डिजायरले खेलको ७८औं मिनेटमा पहिलो गोल गरेका थिए भने डेम्बेलेले इन्जुरी समयको छैटौं मिनेटमा दोस्रो गोल थपे ।
खेलको अन्त्यतिर पीएसजीका विलियन पाकोले ८२औं मिनेटमा रातो कार्ड पाएका थिए भने लुकास हर्नान्डेजले इन्जुरी समयको दोस्रो मिनेटमा रातो कार्ड पाएका थिए, जसका कारण टोली ९ खेलाडीमा सीमित बनेको थियो । यस अवस्थामा पनि पीएसजीले थप १ गोल गर्दै जित निकाल्न सफल रह्यो ।
त्यसअघि पहिलो हाफको अन्त्यतिर बायर्नका जर्मन युवा खेलाडी जमाल मुसियाला नराम्रो चोट बोकेर मैदान छाडेका थिए । उनको खुट्टा नै भाँचिएको छ र अब लामो समय मैदान बाहिर नै रहने छन् ।