तातोपानी नाका हुँदै चीनबाट पहिलो पटक हेलिकोप्टर आयात

2.9k Shares

काठमाडाैं । चीनबाट नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले हेलिकोप्टर आयात गरेपछि यो विषयमा चाैतर्फी चासो बढेको छ । 

पाँच हेलिकोप्टर आयात गर्ने जनाएको माउन्टेन हेलिकोप्टरको एउटा हेलिकोप्टर  सिन्धुपाल्चोकको तातोपानीस्थित नाकाबाट नेपाल भित्रिएको हो । 

विभिन्न इलेक्ट्रोनिक्स सामाग्री, लत्ताकपडा, फलफूल र अन्य सवारी साधन मात्रै आयात हुँदै आएको सिन्धुपाल्चोकको तातोपानी नाकाबाट पहिलो पटक हेलिकप्टर आयात गरिएको हो । 

heli.jpg

उक्त नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर हिजो बेलुकी नेपाल भित्रिएको हो । ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व असुलीसँगै प्रविधिकहरुले पूर्णरुपमा जाँच गरेपछि आज तातोपानीबाट उक्त हेलिकोप्टर काठमाडौंतर्फ उड्ने बताइएको छ ।

भूकम्पपछि चीनका विभिन्न सहरबाट सामान आयात गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर उक्त हेलिकोप्टर नेपाल भित्राएको भन्सार कार्यालयले जनाएको छ । 

Chinese_Heli.jpg

सम्बन्धित समाचार