नागार्जुन रिसोर्टको मंगलबार औपचारिक रुपमा उद्घाटन हुने

16.4k Shares

काठमाडाैं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । 

तारकेश्वर नगरपालिकाभित्र ठूलो लगानीको रिसोर्ट असार १७ गतेबाट सञ्चालनमा आउन लागेको हो । 

काठमाडाैंमा सबैभन्दा नजिक रहेको लक्जरी रिसोर्टको औपचारिक उद्घाटन वमन्त्री ऐनबहादुर शाहीले गर्ने रिसोर्ट सञ्चालकले जानकारी दिएका छन् । 

नागार्जुनको पहिलो र काठमाडाैंकै सबैभन्दा नजिकको रिसोर्ट भएको भन्दै यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिने विश्वास लिइएको छ । 

सम्बन्धित समाचार