2.2k
Shares
फागुन २८,काठमाडौँ।नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आज सुन प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य ३० रुपैयाँ बढेर दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ कारोबार भएको थियो ।