रोनाल्डोले एकैदिन एउटै मञ्चमा जिते दुई अवार्ड

3.1k Shares

काठमाडौँ, १३ पुस ।पोर्चुगलका तथा साउदी प्रो लिग क्लब अल- नासरका कप्तान क्रिष्टियानो रोनाल्डोले थप दुई अवार्ड जितेका छन् । दुबईमा शुक्रबार राति भएको ग्लोब सकर अवार्ड-२०२४ अन्तर्गत रोनाल्डोले उत्कृष्ट मध्यपूर्व खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् । ३९ वर्षीय रोनाल्डो फुटबल इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले क्लब र देशका लागि ९१६ गोल गरिसकेका छन् ।

स्पोर्टिङ लिस्वनबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका रोनाल्डोले उक्त क्लबबाट ५ गोल गरेका थिए । त्यसपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए । रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट १४५ गोल गरेका छन् । युनाइटेडबाट स्पेनिस महारथी रियल मड्रिडबाट खेलेका रोनाल्डोले ४५० गोल गरेका थिए । त्यसपछि इटालियन क्लब युभेन्ट्स पुगेका रोनाल्डोले १०१ गोल गरेका थिए । हाल साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले अहिलेसम्म ८० गोल गरेका छन् ।

यस्तै, पोर्चुगलका कप्तान रोनाल्डो राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेल जित्ने खेलाडी पनि हुन् । रोनाल्डोले राष्ट्रिय टिमबाट २१७ क्याप जित्दै १३२ खेलमा जित जितेका छन् । रोनाल्डो पछि स्पेनका पूर्वकप्तान सर्जियो रामोसले १८० क्याप जित्दै १३१ खेल जितेका छन् ।

रोनाल्डो ३९ वर्षको उमेरमा राष्ट्रिय टिमबाट सात गोल गर्ने पहिलो खेलाडी पनि हुन् । यो उमेरमा यस्तो कीर्तिमानी अन्य खेलाडीको नाममा अहिलेसम्म छैन । रोनाल्डो राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । रोनाल्डोले पोर्चुगलका लागि २१७ खेलमा १३५ गोल गरेका छन् । रोनाल्डोलाई पछ्याइरहेका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले १९० खेलमा ११२ गोल गरेका छन् ।  

 

सम्बन्धित समाचार