प्रतितोला १२ सयले घट्यो सुनको मूल्य

1.2k Shares

मङ्सिर २८, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार स्थिर रहेको सुन आज तोलामा १ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार