मंसिर २३, काठमाण्डौं । इङ्लिस प्रिमियर सिपको बुधबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराएको छ । यो हारसँगै म्यानचेस्टरका प्रशिक्षक रुबेन एमोरयामले इङ्लिस फुटबलमा पहिलो हारको सामना गरे ।
जितपछि आर्सनलको अङ्क तालिकाको तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको लिभरपुलको ३५ तथा चेल्सी र आर्सनलको समान २८ अङ्क भए पनि गोल अन्तरको आधारमा चेल्सी अघि छ ।
५४ औँ मिनेटमा रक्षक जुलियन टिम्बर तथा ७३ औँ मिनेटमा अर्का रक्षक विलियम सालिबाले आर्सनलका लागि गोल गरेका थिए । डेकलान राइसको कर्नरमा टिम्बरले हेड गोल गरेका थिए ।
यसैगरी, बुकायाका साकाको कर्नरमा थोमस पार्टीले हेड गर्दै मिलाई दिएको बलमा सालिबाले गोल गरेका हुन् । पराजित म्यानचेस्टर युनाइटेड १९ अङ्कसहित ११ औँ स्थानमा छ ।