तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो?

2.8k Shares

काठमाडौं, मंसिर ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। ।बिहिबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी १ हजार ९ सय ५० रुपैँयामा कारोबार भएको थियो ।

सम्बन्धित समाचार