नेपालद्वारा कुवेत पराजित

2.4k Shares

काठमाडौँ, कात्तिक २७ गते ।कप्तान पूजा महतोले ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यू–१९ महिला ट्वान्टी-२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनले हराएको छ ।u-19-women-cricket-nepal-768x461.jpg

जारी प्रतियोगितामा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । सो अवसरमा महतोले ब्याटिङतर्फ शतकीय पारी खेल्नुका साथै बलिङतर्फ पाँच विकेट लिइन् ।

नेपालबाट एउटै खेलमा शतक प्रहार तथा पाँच विकेट लिने पहिलो खेलाडी बन्दै उनले इतिहाससमेत रचेकी छिन् ।

pujamahato-12112024085705-1000x0.jpgजितसँगै पाँच खेलबाट आठ अंक जोडेको नेपाल अंकतालिकाको दोस्रो स्थानमा छ । चार खेलबाट आठ अंक जोडेको युनाइटेड अरब इमिरेट्स (यूएई) तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगिताका पाँच खेलमै हार बेहोरेको कुवेत भने तालिकाको पुछारमा छ ।

सम्बन्धित समाचार