1.3k
Shares
कार्तिक २३,काठमाडौँ- नेपाली काँग्रेसका सांसद तथा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी कालोसूचीमा परेको छ।सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक दर्जन निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्दा राज्यमन्त्री तामाङको कम्पनी पनि उक्त सूचीमा परेको हो।
कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। ती कम्पनीहरूलाई एकदेखि दुई बर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले सार्वजनिक गरेको सूचनामा जनाइएको छ।
काठमाडौंको कान्छारामएनबी जेभीको कान्छाराम कन्स्ट्रक्सन र एनबी कन्स्ट्रक्सन साढे दुई वर्षका लागि कालोसूचीमा परेका छन्।
कालोसूचीमा परेका कम्पनीहरूको विवरणः
