यू-१९ महिला टी-२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी, नेपालको लगातार दोस्रो जित

1.5k Shares

कार्तिक २२,काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो जित निकालेको हो ।

यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।Nepal-VS-KUwait-U-19-Women-Asian-Cup-chhanot-768x513.jpg

दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो ।

कुवेतका लागि कप्तान तथा ओपनर जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए ।

सम्बन्धित समाचार