सर्लाहीको हरिपूर्वा नगरपालिकाका ८ जना स्वास्थ्य स्वयंसेवीकाहरुलाई साइकल वितरण गरिएको छ । हरिपुर्वामा कार्यरत रहेका ८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ साइकल वितरण गरिएको हो । हरिपुर्वा नगरपालिका ५ का वडाध्यक्ष बिजय कुमार यादबले ८ जना स्वास्थ्य स्वयंसेवीकाहरुलाई एकएकवटा साइकल वितरण गर्नु भएको हो ।
प्रत्येक वडामा साइकल वितरणको बजेट छुट्टयाइएको भएपनि अहिले सम्म वडा नम्बर ४ र ५ मा मात्र साइकल हस्तनान्तरण गरेको र यसै असार भित्र केही वडाहरुमा पनि साइकल हस्तान्तरण गरिदिने नगर प्रमुख सियाराम रायले बताउनु भयो ।
हरिपूर्वा नगरपालिमा ९ वटा वडा रहेका छन । भने ३ वटा स्वास्थ्य चौकीमा जम्मा ६० जना महिला स्वास्थ्य स्वयंसेविकाहरु हाल कार्यरत रहेका छन ।