1.7k
Shares
कार्तिक ०५,काठमाडौँ। साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरेका छन ।
दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो । एकपक्षीय खेलमा नेपाललाई जिताउन रेखा पौडेलले ०५, प्रीति राईले ०३ तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले १ १ गोल गर्नुभयो ।
जितसँगै दुई खेलबाट चार अङ्क बनाएको नेपाल समूहको शीर्षस्थानमा उक्लिएको छ । नेपाल समूहको पहिलो खेलमा भुटानसँग १–१ गोलको बरबरीमा रोकिएको थियो । समान चार अङ्क बनाएको भुटान दोस्रो स्थानमा छ ।