1.5k
Shares
असोज २०,काठमाडौँ । बुद्ध एयरले हवाई टिकटमा अंकित रकमलाई गलत नियतका साथ कोही व्यक्ति तथा समूहले डिजिटल्ली एडिट गरेर बढी बनाउने काम गरेको गुनासो गरेका छन । टिकटमा बढी रकम असुली गरेको भन्ने प्रचारबारे बुद्ध एयरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एयरलाइन्सले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छन ‘हवाई टिकटमा अंकित रकमलाई डिजिटल्ली एडिट गरेर बढी बनाइ रकम असुलेको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’।
यात्रुहरूले टिकटको वास्तविक मूल्य बुझ्न एयरलाइन्सको वेबसाइ www.buddhaair.com बाट सजिलै चेकजाँच गर्न पनि सक्ने कम्पनीले जनाएको छ ।