असोज १३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध भएको समयमा सहुलियत मूल्यमा हवाई सेवा दिन एयरलाइन्स कम्पनीहरूसँग आग्रह गरेका छन् ।
हवाई भाडा अरुबेलाको भन्दा महँगो भएको गुनासो आएको भन्दै प्रधानमन्त्री ओलीले विपतको समयमा यात्रुहरुसँग सकेसम्म पहिलेको भन्दा सहुलियत मूल्यमा नभए पनि पहिलेको दरमा भाडा लिन वायु सेवा प्रदायकहरुलाई आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्–'लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरू बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ।