1.5k
Shares
भदौ २०, काठमाण्डौँ । सहकारीपीडितहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको राजीनामा माग्दै पुत्लादहन गरेका छन् ।
बिहीबार साँझ काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा प्रदर्शनमा उत्रिएका पीडितहरूले मन्त्री अधिकारीले सहकारीपीडितहरूको आन्दोलनका विषयमा गलत अभिव्यक्ति दिएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरे ।
मन्त्री अधिकारीले बुधबार मात्रै हाल आन्दोलनमा रहेकाहरू बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरु भएको आरोप लगाएका थिए ।