2.1k
Shares
काठमाडौं– साफ यु–२० च्याम्पियनसिप फुटबलकोसेमिफाइनल खेल आइतबार नेपाल र भुटानबीच ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।
समूह ‘ए’ बाट नेपाल विजेता र बंगलादेश उपविजेता तथा समूह ‘बी’ बाट भारत विजेता तथा भुटान उपविजेता बनेका हुन् ।अब सेमिफाइनलमा नेपाल र भुटानबीच आइतबार प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश सोमबार भिड्नेछन्।