नेपालमा हुने भयो यू–१९ विश्वकपको एसिया छनोट

2k Shares

नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने जिम्मेवारी पाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले प्रतियोगिता आयोजना गर्न जिम्मेवारी दिएको क्यानका प्रबक्त्ता छुम्बि लामा ले जानकारी गराएका छन् ।

क्यानका अनुसार छनोटका खेलहरू अप्रिल १२ देखि २१ अप्रिल २०२५ मा हुनेछ । एसिया छनोट खेलमा नेपाल, अफगानिस्तान, हङकङ, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) खेल्नेछन्। क्यानले प्रतियोगिता त्रिवि मैदान र मूलपानी माथिल्लो मैदामा गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार