1.9k
Shares
३२ साउन, काठमाडौं । बिहीबारदेखि सुरु भएको स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२ ५ को पहिलो दिन दुवै टीम एथ्लेटिक क्लब र गेटाफे तथा रियल बेटिस र जिरोनाले बराबरी खेलेका हुन्।
लिगको पहिलो खेलमा एथ्लेटिक बिल्वाओ र गेटाफेले १-१ को बराबरी खेलेका छन् । ओइहान सान्सेटको २७औं मिनेटमा गोल गर्दै बिल्वाओलाई पहिले अग्रता दिलाएका थिए तर अग्रता कायम गर्न सकेन ।६४ औं मिनेटमा गेटाफेका क्रिससान्टोस उचेले बराबरी गोल गरे।
घरेलु मैदानमा रियल बेटिसले बर्ट्राको गोलबाट छैटौं मिनेटमा अग्रता लिए पनि ग्याब्रिएल मिसहोयले ७२ औं मिनेटमा जिरोनाका लागि बराबरी गोल फर्काए ।