2.3k
Shares
काठमाडौं।शुक्रबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान निरीक्षण गर्ने क्रममा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पठाएको म्याच कमिस्नर अब्दुल हमिद अब्दुल गफर ले मैदानको गुणस्तर राम्रो नभएको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा)लाई दिएका छन्।
दशरथ रंगशालाको अवस्था अहिले खेल खेलाउन योग्य देखिएन।अबस्ठा यहि रहेमा यहाँ खेल हुँदैन भनेर म्याच कमिस्नरले भन्नुभएको छ।अहिलेको स्थितमा भने उहाँको कुरा सुन्दा नहुने लगभग पक्काजस्तै देखियो,’ एन्फाका एक पदाधिकारीले भन्नु भयो।
अब्दुल हमिद अब्दुल गफरले साफमा रिपोर्ट पठाएका छन्। साफले उक्त रिपोर्ट अध्ययन गरेरमात्रै रंगशालाको मैदानमा प्रतियोगिता गराउन मिल्ने या नमिल्ने अन्तिम टुङ्गो लाग्नेछ।