सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिक संख्या दशलाख नाघ्यो

1.5k Shares

३२ साउन, काठमाण्डौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा विशेष कार्यक्रम आयोजना गरि घोषणा गरिएको वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना प्रभावकारी रूपमा अघि बढेको छ ।

पछिल्लो तथ्याङक अनुसार १० लाख ३६ हजार भन्दा बढी नेपाली श्रमिक योगदानवैदेशिक रोजगारीमा रहेका १० लामा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् ।

कोषका प्रवक्ता विवेक पन्थीले कोषमा आबद्धता सङ्ख्या निकै बढी भए पनि नियमित योगदानकर्ता भने न्यून रहेको बताए । उनका अनुसार कोषमा आबद्ध हुने श्रमिकको सङ्ख्या छोटो समयमा बढे पनि त्यसको निरन्तरता भने निकै कम देखिएको छ । हाल ६० हजारको हाराहारीमा मात्रै वैदेशिक रोजगारीमा रहेका श्रमिकले कोषमा नियमित योगदान गर्दै आएका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमै कोषमा आबद्ध हुनुपर्ने कानुनी व्यवस्था छ ।

वैदेशिक रोजगारीमा जानेले कोषमा आबद्ध भएपछि मात्रै श्रम स्वीकृति पाउँछन् । सोही आधारमा कोषमा आबद्ध हुने सङ्ख्या छोटो समयमा बढी देखिएको हो ।

कोषका प्रवक्ता पन्थीले श्रमिकलाई कोषबारे साक्षरता गराउन नसकिएको बताए । ‘उनीहरूको सबै काम मेनपावरले गरिदिन्छन् । तिर्नुपर्ने पैसा समेत त्यही मेनपावरले तिरिदिन्छन्, उनले भने, केमा कति तिरेँ भन्ने समेत श्रमिकलाई जानकारी हुँदैन । जसले गर्दा त्यो सरकारलाई नै तिरेको पैसा हो भन्ने बुझाइ हुन्छ ।

सम्बन्धित समाचार