1.5k
Shares
काठमाडौं।अर्जेन्टिनाका २६ बर्षिय स्ट्राइकर लाउटारो मार्टिनेजले सोमबार इन्टर मिलानसँग आफ्नो भविष्यको प्रतिबद्धता व्यक्त गर्दै नयाँ सम्झौतामा हस्ताक्षर। प्रतिसिजन ९० लाख युरो (९८ लाख अमेरिकी डलर) तलब पाउने भएका छन्। उनी सन् २०२९ सम्म सिरी ‘ए’ च्याम्पियनसँगै रहनेछन्। मार्टिनेजले अर्जेन्टिनालाई कोपा अमेरिका जिताउन पाँच गोल गरेका थिए।
इन्टरका अध्यक्ष ग्यूसेप मारोटाले गत महिना लाउटारोले आफ्नो नयाँ सम्झौतामा हस्ताक्षर गर्न सहमति जनाइसकेको छ।
कोलम्बियाविरुद्धको फाइनलमा उनले एक गोल गरेका थिए। अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन लाउटारोले सर्वाधिक पाँच गोल गर्दै महत्त्वपूर्ण भूमिका खेलेका थिए।