पेरिस ओलम्पिकमा चीनसँग स्वर्णपदक बराबरी भएपनि अमेरिका पहिलो

1.8k Shares

२८ साउन, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको छ ।

दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीनको अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो ।

पेरिस ओलम्पिकको अन्तिम दिन प्रतिस्पर्धा भएको महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि अमेरिकाले पदक तालिकामा चीनलाई पछि पारेको हो । रोमाञ्चक खेलमा अमेरिकाले आयोजक फ्रामन्सलाई ६७-६६ ले पराजित गरेको थियो ।

अमेरिका र चीनले समान ४० स्वर्ण जितेका थिए । । तर रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो ।

अमेरिकाले ४० स्वर्ण  ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो । यस्तै चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो । एसियाली राष्ट्र जापान तेस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्यो ।

अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो भयो । आयोजक फ्रान्स पाँचौ स्थानमा रह्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्यो ।

पेरिस ओलम्पिकमा विश्वका २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।

सम्बन्धित समाचार