1.5k
Shares
२७ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको स्वर्णपदक अमेरिकाले जितेको छ । शनिबार राति भएको प्रतिस्पर्धात्मक फाइनलमा ब्राजिललाई १-० ले हराउँदै अमेरिकाले १२ वर्षपछि महिला फुटबलमा स्वर्ण पदक जितेको हो ।
यसअघि अमेरिकाले सन् २०१२ को लण्डन ओलम्पिकम स्वर्ण जितेको थियो । यस्तै समग्रमा अमेरिकाको यो पाँचौ स्वर्ण हो । अमेरिकाले यसअघि यसअघि सन् १९९६, २००४, २००८ र २०१२ स्वर्ण जितेको थियो ।
पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा अमेरिकाका लागि मेलोरी स्वानसले ५७ औं मिनेटमा निर्णायक गोल गरिन् ।
महिला फुटबलको विश्व विजेता स्पेनलाई हराउँदै जर्मनीले ओलम्पिकम कांस्यपदक जितिसकेको छ ।