2.1k
Shares
२५ साउन, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा पाकिस्तानका अर्शद नदिमले कीर्तिमान सहित पेरिस स्वर्ण जितेका छन् । नदिमले एथ्लेटिक्स अन्तर्गत पुरुष ज्याभलिन थ्रोमा ९२.९७ मिटर थ्रो गर्दै स्वर्ण जितेका हुन्
नदिमले टोकियो ओलम्पिकमा स्वर्ण जितेका भारतीय निरज चोपरालाई पछि पार्दै स्वर्ण जितेका हुन् । एथ्लेटिक्समा पाकिस्तानले जितेको यो पहिलो स्वर्ण समेत हो । यसअघि पाकिस्तानले ओलम्पिकमा हक्कीमा तीन स्वर्ण जितेको थियो ।
नदिमले सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका आन्द्रेस थोरकिल्डसेनले बनाएको ९०.५७ मिटरको ओलम्पिक कीर्तिमान तोडेका हुन् ।