मलेसियन दुतावासकाे अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडीलाई सरप्राईज

2.6k Shares

मलेसियामा भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिप २०२४ मा पदक जित्न सफल नेपाली खेलाडीलाई मलेसियास्थित नेपाली दूतावासले सम्मान गरेको छ। मलेसिया भएको खेलमा नेपाली खेलाडीले ७ स्वर्ण र ३ रजत पदक जितेका हुन्।१२ जना खेलाडीसहित नेपाली टिम मलेसिया पुगेका थिए।

मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत मोदिता बज्राचार्यले खेलाडीलाई सम्मान गरेकी थिए।

मलेसियाको सेलाङ्गोर राज्यस्थित केलाङ शहरमा भएको खेलमा नेपालका नारायण नहर्की, अब्बास अन्सारी, मनिष पौडेल, सुजल कंडेल, दर्शन बराल, रिशभ शर्मा र प्रयाद ढकालले स्वर्ण पदक जितेको टिम म्यानेजर आशिष घिमिरेले जानकारी दिए।

त्यस्तै हेम प्रसाद भट्ट (सन्तोष), सुजन रोका र जुनेत खानले रजत पदक जितेको उनले बताए।

भारत ताइवान,नेपाल, जापान, ईन्डोनेसिया, ब्राजिल, चीन,मलेसिया गरि ८ देशका खेलाडी सहभागी थिए।

 

 

सम्बन्धित समाचार